मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएल दोस्रो संस्करणका लागि १५० खेलाडी अक्सनमा, आदिल ‘ए’ क्याटोगोरीमा

2.6K
SHARES
एनपीएल दोस्रो संस्करणका लागि १५० खेलाडी अक्सनमा, आदिल ‘ए’ क्याटोगोरीमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि १५० खेलाडी अक्सनमा सहभागी हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक प्रेस विज्ञप्तिमार्फत खेलाडी छनोटको प्रक्रिया सार्वजनिक गरेको हो ।

क्यानका अनुसार प्रारम्भिक रूपमा ४५८ खेलाडीले नाम दर्ता गराएका थिए । तर, प्राविधिक समितिको मूल्यांकनपछि त्यसमध्ये १५० खेलाडी मात्रै अक्सन सूचीमा परेका हुन् ।

छनोटमा परेका खेलाडीहरू तीन क्याटोगोरीमा वर्गीकृत छन्— ‘ए’, ‘बी’ र ‘सी’ । क्याटोगोरी ‘ए’ मा ८ जना खेलाडी परेका छन्, जसमा मोहम्मद आदिल आलम, अर्जुन साउद, दिलिप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषावकर, सुर्य तामाङ र सुनम गौतम छन् ।

विवादास्पद रूपमा टी–२० लिगको स्पट फिक्सिङ प्रकरणमा प्रतिबन्ध खेपेका आदिल आलम पुनः अक्सनको ‘ए’ क्याटोगोरीमा समावेश भएका छन् । अदालतबाट सफाइ पाएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले पनि उनको प्रतिबन्ध हटाएको थियो ।

अन्य क्याटोगोरीअनुसार, ‘बी’ मा ३४ जना र ‘सी’ मा १०६ खेलाडी परेका छन् । यद्यपि, अक्सनमा सहभागी हुने १५० खेलाडीमध्ये ३७ जनामात्र बिक्रीमा पर्ने छन् ।

क्यानका अनुसार क्याटोगोरी ‘ए’ बाट ४, ‘बी’ बाट २३ र ‘सी’ बाट १० जना खेलाडीलाई फ्रेन्चाइजहरूले खरिद गर्न सक्नेछन् । यसअघि सम्बन्धित टोलीहरूले खेलाडी रिटेन तथा रिलिजको प्रक्रिया सकाइसकेका छन् ।

अक्सन मूल्यको सीमा पनि क्यानले निर्धारण गरेको छ । ‘ए’ क्याटोगोरीका खेलाडीका लागि न्यूनतम १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म बोली लाग्न सक्नेछ । ‘बी’ क्याटोगोरीमा पर्ने खेलाडीको मूल्य ५ देखि १० लाखबीच रहनेछ भने ‘सी’ क्याटोगोरीका खेलाडीका लागि २ देखि ५ लाख रुपैयाँसम्मको बोली हुने बताइएको छ ।

खेलाडी अक्सन कार्यक्रम साउन २४ गते काठमाडौंमा आयोजना हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २१, बुधबार ०६:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP