मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आईपीएल: पन्जाबलाई हराउँदै आरसीबीले उचाल्यो उपाधि

2.5K
SHARES
आईपीएल: पन्जाबलाई हराउँदै आरसीबीले उचाल्यो उपाधि

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ।

फाइनलमा पन्जाब किग्संलाई ६ रनले हराउँदै आइसीबीले पहिलोपटक आईपीएलको उपाधि जितेको हो ।

आरसीबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सक्यो।

पञ्जाबका जस इङ्लिसले ३९ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । ओपनर प्रियांश आर्याले २४, प्रविसिमरन सिंहले २६ र नेहाल वाडेरा १५ रनको योगदान दिए ।

अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० बनाएको थियो ।

आरसीबीका लागि विराट कोहलीले सर्वाधिक ४२ रन बनाए । उनले ३५ बलमा ३ चौका प्रहार गरे । ओपनर फिल साल्टले १६, मायक अग्रवालले २४, कप्तान रजत पाटिदारले २६, लिअम लिभिङस्टनले २५, जितेश शर्माले २४ र रोमारियो शेफर्डले १७ रनको योगदान दिए ।

बलिङमा पञ्जावका काइल जेमिसन र अर्शदीप सिंहले समान ३ विकेट लिए । युजवेन्द्र चाहल, अज्मतुल्लाह ओमारजाई र वैशाख विजय कुमारले एकएक विकेट लिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ २१, बुधबार ०५:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP