मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साफ यू—२० महिला च्याम्पियनसिपमा नेपाल पुनः श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

2.8K
SHARES
साफ यू—२० महिला च्याम्पियनसिपमा नेपाल पुनः श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू—२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो चौथो खेल खेल्दैछ । नेपाली टोलीको प्रतिद्वन्द्वी फेरि पनि श्रीलंका हुनेछ ।

डबल राउण्ड रोबिन ढाँचामा सञ्चालन भइरहेको प्रतियोगितामा नेपाल र श्रीलंकाबीचको यो दोस्रो आमनेसामने हो । पछिल्लो खेल मंगलबार सम्पन्न भएको थियो, जहाँ नेपालले श्रीलंकामाथि एकतर्फी प्रदर्शन गर्दै ७–० को विशाल जित दर्ता गरेको थियो ।

दुवै टोलीबीचको दोस्रो खेल आज दिउँसो २ः४५ बजे बसुन्धरा स्पोर्ट्स मैदानमा सुरु हुने तालिका छ । यसअघि च्याम्पियनसिपका खेलहरू बसुन्धरा किङ्स एरेनामा हुँदै आएका थिए, तर अब बाँकी चार खेलहरू (सातौंदेखि दशौंसम्म) बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा हुने आयोजकले जानकारी दिएको छ ।

नेपालले प्रतियोगिताको सुरुवात भुटानविरुद्ध शानदार जितबाट गरेको थियो । पहिलो खेलमा नेपालले भुटानलाई ६–१ ले पराजित गरेको थियो । दोस्रो खेलमा भने घरेलु टोली बंगलादेशसँग ३–२ को हार व्यहोरेको थियो ।

श्रीलंकाले भने प्रतियोगितामा निराशाजनक प्रदर्शन गर्दै आएको छ । पहिलो खेलमा बंगलादेशसँग ९–१ को हार बेहोर्‍यो भने दोस्रो खेलमा भुटानसँग ५–० ले पराजित भयो ।

हालसम्मको अंक तालिकामा आयोजक बंगलादेश ९ अंकसहित शीर्ष स्थानमा छ । नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने भुटान ३ अंकका साथ तेस्रोमा छ । अंकविहीन श्रीलंका अन्तिम स्थानमा छ ।

चार टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन प्रारूपमा भइरहेको छ, जसअनुसार सबै टोली एकअर्कासँग दुईपटक खेल्नेछन् । अन्त्यमा सबैभन्दा बढी अंक बटुल्ने टोली प्रतियोगिताको विजेता घोषित हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १, बिहीबार ०५:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP