मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२१औँ अन्नपूर्ण चेस प्रतियोगिता: मनकामना, मार्भलेस, कश्यप र अन्नपूर्ण उत्कृष्ट

247
SHARES
२१औँ अन्नपूर्ण चेस प्रतियोगिता: मनकामना, मार्भलेस, कश्यप र अन्नपूर्ण उत्कृष्ट

काठमाडौं । २१औँ अन्नपूर्ण चेस प्रतियोगिताअन्तर्गत विभिन्न उमेर समूहमा विद्यालय तथा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोगिताको १३ वर्षमाथिको उमेर समूहमा मनकामना स्कुल, जोरपाटी प्रथम भएको छ भने यु–१३ मा मार्भलेस स्कुल, यु–११ मा कश्यप एकेडेमी र यु–९ मा आयोजक अन्नपूर्ण स्कुल प्रथम बनेका छन् ।

छात्रा यु–९ उमेर समूहमा महालक्ष्मी एकेडेमीकी शुभ श्री श्रेष्ठ प्रथम, भानु माध्यमिक विद्यालयकी इमसिका श्रेष्ठ द्वितीय तथा दिपज्योती आवासीय माध्यमिक विद्यालयकी रितिक्का सेढाइ तृतीय भइन् ।

यस्तै, छात्रा यु–११ समूहमा फ्युचर स्टार एकेडेमीकी ग्लोसी श्रेष्ठ प्रथम, कश्यप एकेडेमीकी प्रशंसा चौधरी द्वितीय तथा समृद्धि स्कुलकी यशस्वी महर्जन तृतीय भइन् ।

छात्रा यु–१३ मा मार्भलेस स्कुलकी निहाना श्रेष्ठ प्रथम, सोही विद्यालयकी सोनालिका सराफ द्वितीय तथा अन्नपूर्ण स्कुलकी ओजस्वी श्रेष्ठ तृतीय बनिन् । १३ वर्षमाथिको छात्रा समूहमा त्रियोग स्कुलकी परिधि खत्री प्रथम, मनकामना स्कुलकी अस्मिता दाहाल द्वितीय तथा जिज्ञासा खनाल तृतीय भइन् ।

छात्र यु–९ तर्फ तिलिङटार माध्यमिक विद्यालयका राजन कुमार साह प्रथम, रातो बगला स्कुलका शुभाङ्ग प्रधान द्वितीय तथा केएमसी स्कुलका सक्षम भट्टराई तृतीय भए ।

यु–११ छात्र समूहमा बुढानीलकण्ठ स्कुलका प्रसून मल्ल प्रथम, डिएभी स्कुलका रियाशु पौडेल द्वितीय तथा नाइटिङ्गल स्कुलका आरभ लाल श्रेष्ठ तृतीय भए ।

यु–१३ छात्र समूहमा मार्भलेस स्कुलका अग्रिम सैजु प्रथम, अल्केमिस्ट स्कुलका वचन सिलवाल द्वितीय तथा मार्भलेसकै रिदम थापा तृतीय भए ।

१३ वर्षमाथिको छात्र समूहमा पाठशालाका ओसकार पन्थी प्रथम भए। उक्त स्पर्धामा विलियम पब्लिक स्कुलका रिक्की महर्जन द्वितीय तथा डिएभीका सुरयल थापा तृतीय स्थानमा रहे ।

प्रतियोगिताका विजेता टोली तथा खेलाडीहरूलाई काठमाडौं महानगरपालिका–२७ का वडा अध्यक्ष योगेश कुमार खड्गी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश श्रेष्ठ, प्रिन्सिपल चन्द्रप्रकाश राज भण्डारी, डा। संघ रत्न बज्राचार्य तथा अन्तर्राष्ट्रिय आर्बिटर महेश्वरलाल डंगोललगायतले पुरस्कार वितरण गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २५, सोमबार ०९:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP