मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी न्यून चापीय रेखाको प्रभाव: पहाडी क्षेत्रमा वर्षा, तराईमा गर्मी बढ्ने

286
SHARES
पश्चिमी न्यून चापीय रेखाको प्रभाव: पहाडी क्षेत्रमा वर्षा, तराईमा गर्मी बढ्ने

काठमाडौं । नेपालमा अहिले उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा मौसमको अवस्था फरक–फरक रहेको छ ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका धेरै स्थानमा मौसम मुख्यतः सफा छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभरका हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका साथै अन्य पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । तराईका केही स्थानमा भने गर्मीको प्रभाव बढ्दै तातो दिनको अनुभूति हुन सक्ने जनाइएको छ ।

रातिको समयमा पनि कोशी प्रदेश तथा अधिकांश हिमाली र पहाडी भूभागमा सामान्य बदली कायम रहनेछ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । कोशी प्रदेशका केही हिमाली क्षेत्र तथा मधेस, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् ।

महाशाखाले वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २३, शनिबार ०१:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP