मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण–पूर्वी एसियाका स्क्याम सेन्टरबाट ६ सय ८७ नेपालीको उद्धार

728
SHARES
दक्षिण–पूर्वी एसियाका स्क्याम सेन्टरबाट ६ सय ८७ नेपालीको उद्धार

काठमाडौं । दक्षिण–पूर्वी एसियाका विभिन्न देशमा गैरकानुनी रूपमा सञ्चालन भइरहेका ‘अनलाइन स्क्याम सेन्टर’मा फसेका ६ सय ८७ जना नेपाली नागरिकको उद्धार गरिएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस तथा थाइल्यान्डको सीमावर्ती क्षेत्रमा सञ्चालित अवैध स्क्याम सेन्टरमा पुगेका नेपालीहरूको खोजी, उद्धार र स्वदेश फिर्ता गर्ने कार्य जारी रहेको जानकारी दिए ।

उनका अनुसार थाइल्यान्ड र म्यानमारस्थित नेपाली नियोगहरूको पहल तथा सम्बन्धित देशका निकायसँगको समन्वयमा यसअघि ६ सय १६ नेपालीको उद्धार गरिएको थियो । पछिल्लो दुई सातामा थप ७१ जनालाई सुरक्षित रूपमा स्वदेश फर्काइएको उनले बताए ।

उद्धार गरिएका नेपालीमध्ये सबैभन्दा धेरै कम्बोडियाबाट ५ सय ६२ जना रहेका छन् । त्यसैगरी म्यानमारबाट १ सय ११, लाओसबाट ८ तथा थाइल्यान्डबाट ६ जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता क्षेत्रीले अझै पनि धेरै नेपाली ती क्षेत्रमा अलपत्र परेको आशंका रहेको भन्दै सरकारले खोजी तथा उद्धार प्रयासलाई निरन्तरता दिएको बताए । उनले बैंककस्थित नेपाली दूतावासको अनुरोधमा कम्बोडिया सरकारले हालसम्म १ सय २ नेपालीमाथि लागेको जरिमाना मिनाहा गरिसकेको जानकारी दिए । साथै थप १ सय ७२ नेपालीको जरिमाना छुटका लागि पनि पहल भइरहेको उनले बताए ।

त्यस्तै मानव तस्करी, संगठित अपराध लगायतका मुद्दामा थुनामा रहेका नेपालीको रिहाइका लागि पनि कूटनीतिक पहल जारी रहेको मन्त्रालयले जनाएको छ । बैंककस्थित नेपाली दूतावासमार्फत सम्बन्धित देशका निकायसँग समन्वय गरी आवश्यक कानुनी तथा कन्सुलर सहयोग उपलब्ध गराइँदै आएको प्रवक्ता क्षेत्रीले बताए ।

म्यानमारमा थुनामा रहेका १८ नेपालीको कैद मिनाहाका लागि समेत पहल भइरहेको मन्त्रालयले जनाएको छ । उनीहरूलाई आवश्यक सहयोग र समन्वय उपलब्ध गराइएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ८, शुक्रबार १३:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP