मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देवानगञ्ज घटना: पीडित परिवार र सरकारबीच सात बुँदे सहमति

273
SHARES
देवानगञ्ज घटना: पीडित परिवार र सरकारबीच सात बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ । गत साउन १० गते भएको घटनापछि पीडित पक्षले उठाएका मागहरूलाई सम्बोधन गर्दै बिहीबार राति गृह मन्त्रालयमा औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा सम्पन्न सहमतिअनुसार सरकारले दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने प्रतिबद्धता जनाएको छ । साथै प्रत्येक परिवारलाई १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने सहमति भएको छ ।

सम्झौतामा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई प्रचलित कानुनअनुसार कानुनी कारबाही गर्ने उल्लेख गरिएको छ । त्यसैगरी मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस शीघ्र कार्यान्वयन गर्ने र स्थानीय सरकारसँगको समन्वयमा मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने विषय पनि समावेश गरिएको छ ।

सम्झौतापत्रमा पीडित परिवारका तर्फबाट ओम प्रकाश मेहताका अभिभावक र जय प्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् ।

यसैबीच, झडपमा ज्यान गुमाएका दुवै युवकको अन्तिम संस्कार आज दिउँसो २ बजे गर्ने तयारी गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १५, शुक्रबार ००:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP