मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

“मनलाग्दी चलुन्जेल चलाउनुहोस्, मैले पार्टी छाडेँ,” : सुमना श्रेष्ठ

2.3K
SHARES
“मनलाग्दी चलुन्जेल चलाउनुहोस्, मैले पार्टी छाडेँ,” : सुमना श्रेष्ठ

काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै पार्टीभित्र दोहोरिँदै आएका गल्ती, नेतामुखी प्रवृत्ति र आलोचकहरूमाथि गरिएको ‘मिडिया ट्रायल’प्रति असन्तोष व्यक्त गरेकी हुन् ।

श्रेष्ठले लेखेकी छन्, “कहिल्यै गल्ती नस्वीकार्ने, निरन्तर गल्ती थपिरहने र त्यसको बोझ सबै कार्यकर्ताले बोक्नुपर्ने अवस्था अब अस्वीकार्य छ । पार्टीभित्र आलोचना गर्नेहरूमाथि मिडिया ट्रायल चलाइयो । रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेपछि म निरन्तर आलोचक बनेँ तर त्यसले कुनै प्रभाव पारेन ।”

उनका अनुसार पार्टीलाई मनलाग्दी ढंगले चलाउने प्रवृत्तिले आफूलाई विचलित पारेको छ । “मनलाग्दी चलुन्जेल चलाउनुहोस्। आई क्विट, मैले पार्टी छाडेँ,” भन्दै उनले रास्वपा परित्याग गरेकी हुन् ।

यस्तै, श्रेष्ठले अन्य ठूला दलका नेताहरूलाई समेत आत्ममन्थन गर्न आग्रह गरेकी छन् । कांग्रेस, एमालेलगायतका तेस्रो पुस्ताका नेताहरूलाई उद्दृत गर्दै उनले भनेकी छन्, “आजको परिस्थितिको जड तपाईंहरूको नेतृत्वको व्यवहार हो । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्, कि सुधार गर्नुहोस्, कि हट्नुहोस् ।”

श्रेष्ठको राजीनामासँगै रास्वपाभित्र दबिएको असन्तुष्टि खुलेर सतहमा आएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २९, आईतवार ०८:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP