मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ताप्लेजुङमा मध्यरातको पहिरोले घर पुरिँदा तीन जनाको सकुशल उद्धार

2.6K
SHARES
ताप्लेजुङमा मध्यरातको पहिरोले घर पुरिँदा तीन जनाको सकुशल उद्धार

ताप्लेजुङ । मध्यरातको समयमा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा थुनिएका तीन जनालाई सकुशल उद्धार गरिएको छ ।

सिदिङ्वा गाउँपालिका–३, आङखोपका ६१ वर्षीय हस्तबहादुर कटुवाल, उनकी पत्नी ठगमाया कटुवाल र छोरी सम्झना कटुवाल पहिरोले पुरिएको घरभित्र थुनिएका थिए । कुलोको पानी थुनिँदा उत्पन्न भएको चापका कारण राति १ः०० बजेतिर माथिबाट एक्कासि पहिरो खसेर उनीहरूको घर भत्किएको थियो ।

उक्त समय मटानतिर सुतेका छोराबुहारीलाई ठूलो आवाजले ब्युझाएपछि उनीहरूले गाउँमा खबर गरे । गाउँलेहरू तत्कालै भेला भई तीनै जनालाई उद्धार गर्न सफल भएका हुन् ।

घटनामा ठगमाया कटुवाल केही घाइते भएकी छन् भने हस्तबहादुर र सम्झनालाई सामान्य चोटपटक लागेको स्थानीयले जनाएका छन् ।

छिमेकी मौसम लिम्बूका अनुसार पहिरोले पुरिएको घरमा हस्तबहादुर दम्पती बस्दै आएका थिए र त्यहीँ खाना पकाउने गरिन्थ्यो । अर्को कोठामा छोराबुहारी बस्ने गरेको बताइएको छ।

‘खानेकुरादेखि भाँडाकुँडा केही पनि बाँकी छैन,’ मौसमले भने, ‘बासको व्यवस्था भए पनि दैनिकी चलाउने सामान सबै पहिरोले बगायो ।’



अगुल्टो अगुल्टो   
  • २०८२ असार १८, बुधबार ०४:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP