मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभामा डीपी र रामहरिबीच जुहारी, ‘चोर’को प्रसंगसम्म उत्रियो आरोप–प्रत्यारोप

2.8K
SHARES
प्रतिनिधिसभामा डीपी र रामहरिबीच जुहारी, ‘चोर’को प्रसंगसम्म उत्रियो आरोप–प्रत्यारोप

काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिन माग गर्दै निरन्तर विरोध जनाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सत्ता गठबन्धनभित्रको प्रमुख दल नेपाली कांग्रेसबीच आइतबारको प्रतिनिधिसभा बैठकमा कडा आरोप–प्रत्यारोप भयो । बहस त्यतिसम्म चर्कियो कि सांसदहरूले एकअर्कामाथि ‘चोर’समेत भन्न थाल्दा संसद् तनाबग्रस्त बन्यो ।

बैठक सुरु हुनेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले उभिएर उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै विरोध जनाए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद डीपी अर्याललाई बोल्न समय दिए । अर्यालले कांग्रेस सांसद रामहरि खतिवडाले अघिल्लो बैठकमा आफूलाई झूटो आरोप लगाएको भन्दै आपत्ति जनाए ।

‘सुमिरे टुर्स एण्ड ट्राभल्स’ आफ्नो स्वामित्वमा भएको र कसैलाई गैरकानुनी रूपमा विदेश पठाएको प्रमाण देखाउन चुनौती दिँदै अर्यालले ‘म देशमै केही गरेर खाने मान्छे हुँ, चोरेर खाने हैसियत छैन,’ भनेर बचाउ गरे । उनले संसद्को रेकर्डबाट खतिवडाले बोलेको भनाइ हटाउन आग्रह गरे ।

जवाफमा अर्का सांसद खतिवडाले भने, आफूले कसैको नाम नलिएको स्पष्ट पार्दै ‘चोरको खुट्टा काट भन्दा झिकेजस्तो’ प्रतिक्रिया आउनु आफैँ अर्थपूर्ण भएको टिप्पणी गरे । उनले संसद्लाई तर्साउने शैलीमा नबोल्न चेतावनी पनि दिए । ‘कुनै पनि संस्था वा व्यक्तिलाई छानबिनको दायरामा ल्याउन माग गर्नु त लोकतन्त्रको अभ्यास हो,’ उनले भने, ‘तर त्यसको प्रतिउत्तर आक्रोशपूर्ण शैलीमा दिनु संसद्को मर्यादासँग मेल खान्न।’

उनले डीपी अर्यालको अभिव्यक्तिसमेत संसद्को कार्यवृत्तिबाट हटाउन माग गरे । दुबै पक्षले जब आ–आफ्नो ठाउँबाट आक्रोशपूर्ण शैलीमा बोले, त्यसपछि सभामुख घिमिरेले सांसदहरूलाई संयमित र जिम्मेवार भएर बोल्न आग्रह गरे ।

‘नामै किटान गरेर आरोप लगाउने र गैरसंसदीय भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन,’ सभामुखले भने, ‘संसद् मर्यादा र आचरणको थलो हो, यहाँ संयमता अपेक्षित छ ।’

तर सभामुखको आग्रहको प्रभाव तत्काल देखिएन । विवाद चर्किदै गएपछि रास्वपा र राप्रपाका सांसदहरूले सदन बहिष्कार गरे । उनीहरूको बहिष्कारले प्रतिनिधिसभाको वातावरण केही बेर अशान्त रह्यो ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १५, आईतवार ०९:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP