मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष महाधिवेशन विवाद चुलिँदा कांग्रेसमा गगन–विश्वसहित नेताहरू पाँच वर्षका लागि निष्कासित

1.1K
SHARES
विशेष महाधिवेशन विवाद चुलिँदा कांग्रेसमा गगन–विश्वसहित नेताहरू पाँच वर्षका लागि निष्कासित

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवादले उग्र रूप लिँदा पार्टी संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित केही नेतामाथि कडा कारबाही गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापा, शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय समितिको निर्णयअनुसार पार्टीको आधिकारिक निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोपमा उनीहरूमाथि कारबाही गरिएको जनाइएको छ । बैठकले विशेष महाधिवेशनको पक्षमा सक्रिय रहेका नेताहरूलाई आ–आफ्नो जिम्मेवारीमा फर्किन निर्देशनसमेत दिएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई नेतृत्वले बेवास्ता गरेको आरोप लगाउँदै त्यसको आह्वान गरेका थिए । यद्यपि, उनीहरू सहभागी रहेको केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन पुसमा सम्भव नभए वैशाखमा गर्ने सहमति गरेको थियो । सो निर्णयमा असहमति जनाउँदै महामन्त्रीद्वयले फरक धारणा राखेका थिए ।

विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने क्रममा थापा र शर्माले बन्द सत्रको हलबाट हुने निर्णय नै अन्तिम हुने दाबी गर्दै निर्वाचन समिति गठन गरेका थिए । उक्त समितिमार्फत चुनावी प्रक्रिया अघि बढाइएको थियो, जसलाई संस्थापन पक्षले पार्टी विधानविपरीतको कदम ठहर गरेको छ ।

पार्टी विभाजनको अवस्था आउन नदिन विभिन्न चरणमा नेताहरूबीच छलफल भए पनि सहमति जुट्न सकेन । मंगलबार मात्रै नेताहरूबीच तीन चरणमा संवाद भएको थियो भने आज बिहान महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । तर, ती प्रयासबाट पनि निकास ननिस्किएपछि विशेष पक्षका महामन्त्रीद्वयले निर्वाचन समितिलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

कांग्रेसभित्रको यो घटनाक्रमले पार्टीको आन्तरिक राजनीतिमा गम्भीर तरंग ल्याएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ३०, बुधबार ११:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP