मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंमा बसोबास गर्ने खिजीदेम्बावासीका लागि एकीकृत शिविर सञ्चालन हुने

91
SHARES
काठमाडौंमा बसोबास गर्ने खिजीदेम्बावासीका लागि एकीकृत शिविर सञ्चालन हुने

काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले काठमाडौंमा बसोबास गर्ने गाउँपालिकावासीलाई लक्षित गर्दै एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ । स्थानीयबासीलाई गाउँपालिकाबाट प्रदान गरिने सेवा सहज र नजिकबाट उपलब्ध गराउने उद्देश्यले तीन दिने शिविर आयोजना गर्न लागिएको हो ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार कार्यपालिकाको साउन १३ गतेको निर्णयबमोजिम आगामी साउन २५, २६ र २७ गते बिहान १० बजेदेखि काठमाडौंको शेर्पा पार्टी प्यालेस, चामुण्डा गेट, जोरपाटीमा शिविर सञ्चालन हुनेछ ।

शिविरमार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाइँसराइ तथा सम्बन्ध विच्छेद), सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, भूमि कर तथा मालपोत संकलन, राष्ट्रिय परिचयपत्र वितरण तथा वडा कार्यालयबाट प्रदान गरिने विभिन्न प्रकारका सिफारिस सेवाहरू उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सम्बन्धित सेवाग्राहीलाई तोकिएको मिति र स्थानमा उपस्थित भई शिविरबाट सेवा लिन अनुरोध गरेको छ । साथै, थप जानकारीका लागि गाउँपालिकाका प्रशासनिक तथा सूचना प्रविधि शाखासँग सम्पर्क गर्न सकिने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १४, बिहीबार १०:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP