मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हराएका दुई इटालियन आरोहीको शव पाँच दिनपछि फेला

936
SHARES
हराएका दुई इटालियन आरोहीको शव पाँच दिनपछि फेला

गोरखा । गोरखाको चुमनुब्री–१ अन्तर्गत पर्ने पाङबारी हिमालमा पाँच दिनदेखि बेपत्ता रहेका दुई इटालियन नागरिकको शव फेला परेको छ । मंगलबार बिहान सो हिमालको पहिलो शिविर (क्याम्प–१) मा ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटो मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठका अनुसार दुबै जना आरोही हिउँमा पुरिएको अवस्थामा फेला परेका थिए । उनका शवहरू हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएका छन् ।

गत बुधबारदेखि तीन इटालियन नागरिक र एक नेपाली सहयोगी पाङबारी हिमालबाट फर्कने क्रममा सम्पर्कविहीन भएका थिए । आरोहण असफल भएपछि फर्किने क्रममा परेको बाक्लो हिमपातले बाटो अवरुद्ध हुँदा उनीहरू अलपत्र परेको प्रहरीले जनाएको छ ।

सात हजार पाँच मिटर अग्लो पाङबारी हिमालको आधार शिविरमा रहेका ६५ वर्षीय भेल्टर पेरलिनोलाई आइतबार मात्र हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको थियो ।

यस्तै, बेसक्याम्पमै अड्किएका पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङलाई पनि उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनका अनुसार मौसम प्रतिकूल रहेकाले खोज तथा उद्धार कार्यमा ढिलाइ भएको थियो । हिमपात र चिसोका कारण आरोहीहरू हिउँमा पुरिएको अनुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १८, मंगलवार ०७:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP