मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इन्डिजिनियस टेलिभिजन १०औँ वर्षमा प्रवेश

2.6K
SHARES
इन्डिजिनियस टेलिभिजन १०औँ वर्षमा प्रवेश

काठमाडौं । इन्डिजिनियस टेलिभिजन आजबाट १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा संस्थाले दर्शक, शुभेच्छुक तथा सहयोगीहरूप्रति हार्दिक आभार प्रकट गरेको छ ।

संस्थाका अध्यक्ष देवकुमार सुनुवारले एक दशकको यात्रामा प्राप्त साथ, माया र समर्थनका कारण टेलिभिजनले नेपालमा बोलिने २४ भन्दा बढी आदिवासी जनजातिका भाषामा कार्यक्रम निर्माण गर्न सफल भएको उल्लेख गरेका छन् । सुनुवारका अनुसार, यिनै प्रयासका कारण इन्डिजिनियस टेलिभिजन नेपालको एकमात्र बहुभाषिक टेलिभिजन र संयुक्त राष्ट्रसंघको साझेदार मिडिया पार्टनरका रूपमा चिनिन पुगेको छ ।

“तपाईंहरूको सहयोग, प्रेरणा र समर्पणले नै हामीलाई आदिवासीहरूको आवाजलाई अझ बुलन्द बनाउन र मातृभाषामा सूचनाको पहुँच विस्तार गर्न सक्षम बनाएको छ,” अध्यक्षले भने ।

यस अवसरमा, संस्थाले दर्शक र समर्थकहरूलाई निरन्तर साथ, सहयोग र समर्थन जारी राख्न आग्रह गर्दै ३१औं विश्व आदिवासी जनजाति दिवसको शुभकामना पनि व्यक्त गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २४, शनिबार ०६:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP