मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमानः देशभर मनसुनी प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

650
SHARES
मौसम पूर्वानुमानः देशभर मनसुनी प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ ।

मनसुनी प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्नसक्ने पूर्वानुमान गरिएको छ ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिमको तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ९, मंगलवार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP