मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोल्पामा वर्षमान पुनको ऐतिहासिक जित, नेकपाले कायम राख्यो ‘लालकिल्ला’

494
SHARES
रोल्पामा वर्षमान पुनको ऐतिहासिक जित, नेकपाले कायम राख्यो ‘लालकिल्ला’

काठमाडौं । दश वर्षे सशस्त्र विद्रोहको उद्गमस्थल रोल्पामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो राजनीतिक प्रभाव पुनः प्रमाणित गरेको छ । बदलिँदो राजनीतिक समीकरण र शक्ति सन्तुलनका बीच रोल्पाका मतदाताले फेरि पनि माओवादी पृष्ठभूमिका नेता वर्षमान पुन ‘अनन्त’लाई नै प्रतिनिधिसभामा पठाएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार पुनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुदनकुमार वलीलाई १५ हजार ४५२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । पुनले कुल २७ हजार ४६० मत प्राप्त गर्दा वलीले १२ हजार ८ मत मात्र प्राप्त गरे ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार बालराम थापा १० हजार ८९४ मतसहित तेस्रो स्थानमा सीमित भएका छन् ।

यस परिणामसँगै पुन नेकपाभित्र सबैभन्दा ठूलो मतान्तरले जित्ने नेता बनेका छन् । रोल्पाको राजनीतिक मनोविज्ञान र भौगोलिक प्रभावमा आफ्नो पकड अझै बलियो रहेको उनले यो चुनावबाट देखाएका छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका पुनले यसपटक अघिल्लो उपलब्धिलाई अझ बलियो बनाएका छन् । सत्ता समीकरण र पार्टीभित्रको शक्ति सन्तुलनमा महत्त्वपूर्ण मानिने उनको यो ‘रेकर्ड’ जितलाई राजनीतिक विश्लेषकहरूले अर्थपूर्ण रूपमा लिएका छन् ।

पूर्व सहयात्री दल एमाले र मुख्य प्रतिस्पर्धी कांग्रेस दुवैलाई उल्लेख्य मतान्तरले पछि पार्दै पुनले रोल्पामा नेकपाको ‘लालकिल्ला’ सुरक्षित राख्न सफल भएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २३, शनिबार १५:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP