मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुने

611
SHARES
काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुने

काठमाडौं । काठमाडौं उपत्यकामा भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउने तथा आगामी हिउँदमा विद्युतको माग व्यवस्थापन गर्ने तयारीस्वरूप काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा असोज १५ देखि २६ गतेसम्म आवश्यक प्राविधिक काम गरिनेछ । सो अवधिमा सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकेर भूमिगत लाइन सञ्चालन तथा लोड व्यवस्थापनसम्बन्धी काम गरिनेछ ।

निर्धारित तालिकाअनुसार असोज १५ गते सतुंगल–बौथली, १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक, १७ गते मुलपानी र १८ गते गर्जुधारा क्षेत्रमा विद्युत् कटौती हुनेछ ।

त्यस्तै, असोज २० गते मुलपानी, २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल–धौलागिरी आवास क्षेत्र र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मौसम प्रतिकूल भएमा भने तोकिएको समयमा विद्युत् कटौती गरिने छैन ।

काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ तथा स्वचालित बनाउने योजनाअनुसार प्राधिकरणले चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ । यसअन्तर्गत पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणाली निर्माण सुरु गरिएको थियो ।

दोस्रो चरणमा काठमाडौंका बाँकी सहरी क्षेत्रमा काम भइरहेको छ भने तेस्रो चरणमा ललितपुर र भक्तपुरका सहरी क्षेत्रलाई समेटिएको छ । चौथो चरणमा पोखरा र भरतपुर महानगरपालिकाका क्षेत्रमा विद्युत् वितरण प्रणाली भूमिगत, सुदृढ तथा स्वचालित बनाउने योजना अघि बढाइएको छ ।

कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी र ४०० भोल्टका विद्युत् लाइन भूमिगत गरिनुका साथै अप्टिकल फाइबरसमेत बिछ्याउने काम हुनेछ । भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढ्ने तथा वितरण प्रणालीलाई क्रमशः स्वचालित बनाउन सहज हुने प्राधिकरणको अपेक्षा छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १५, बिहीबार ००:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP