मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसले कार्यवाहक सभापति तोक्ने निर्णय स्थगित, देउवा स्वस्थ भएपछि मात्र बैठक

1.6K
SHARES
कांग्रेसले कार्यवाहक सभापति तोक्ने निर्णय स्थगित, देउवा स्वस्थ भएपछि मात्र बैठक

काठमाडौं । नेपाली कांग्रेसले तत्काल कार्यवाहक सभापति तोक्ने वा विशेष महाधिवेशन आह्वान गर्ने कुनै कदम नचाल्ने निर्णय गरेको छ । शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिएका छन् ।

उनका अनुसार, सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था सामान्य भएपछि मात्र पार्टीको केन्द्रीय समिति बैठक बोलाइनेछ । त्यसै बैठकमार्फत पार्टीभित्र आवश्यक छलफल र निर्णय हुने स्पष्ट गरिएको छ ।

गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित आफ्नै निवासमै देउवा आक्रमणमा परी घाइते भएका थिए । उनी हाल उपचाररत छन् र पूर्ण रूपमा स्वास्थ्यलाभ गर्न केही समय लाग्ने चिकित्सकहरूले बताएका छन् ।

यादवका अनुसार, दशैं–तिहारपछि मात्र कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउने गरी तयारी भइरहेको छ । त्यसअघि कुनै पनि आन्तरिक संरचनात्मक निर्णय नहुने प्रष्ट गरिएको छ ।

बैठकले सभापति देउवा र उनकी श्रीमतीको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ३, शुक्रबार ०९:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP