मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर बदलीको अवस्था, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

3.6K
SHARES
देशभर बदलीको अवस्था, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागहरूमा सामान्य बदली देखिएको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

बिहानको अवस्था
कोशी र बागमती प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

दिउँसोको पूर्वानुमान
आज देशभर साधारण बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा देशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।
तराई भूभागका एक–दुई स्थानमा वर्षा हुने छ भने मधेस र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ ।

रातिको अवस्था
पहाडी भूभागमा साधारण बदली, बाँकी भूभागमा आंशिक बदली हुनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ ।

महाशाखाको आग्रह
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १९, बिहीबार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP