मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

377
SHARES
मौसम पूर्वानुमान: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रणालीका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज रातिको मौसमबारे पनि महाशाखाले पूर्वानुमान सार्वजनिक गरेको छ । जसअनुसार गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ३, मंगलवार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP