मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उत्तराखण्ड बाढीः हराएका २६ नेपालीको विवरण

3.1K
SHARES
उत्तराखण्ड बाढीः हराएका २६ नेपालीको विवरण

काठमाडौं । भारतको उत्तराखण्डमा गएको बाढी–पहिरोका कारण २६ जना नेपाली बेपत्ता भएका छन् । दिल्लीस्थित नेपाली दूतावासका अनुसार उत्तरकाशीको धराली क्षेत्रमा २१ र पौडीगढवालको बंकुरा क्षेत्रमा पाँच नेपाली सम्पर्कविहीन छन् ।

धरालीमा हराएका नेपालीहरूमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का,
प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश, प्रिया, दिपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह र रामबहादुर रहेका छन् ।

यस्तै दुतावासले जारी गरेका विज्ञप्तिमा पौडीगढवालमा हराएकाहरू नरेन्द्र खड्का, सन्ध्या खड्का, रोमन खड्का, अमृता परियार र बिमल विक रहेका छन् ।

गत मङ्गलबारको आरीघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गस्थित धराली बजार पूर्णरूपमा क्षतिग्रस्त भएको दूतावासले जनाएको छ । उक्त क्षेत्रमा होटेल र स्याउ फार्ममा काम गर्न गएका धेरै नेपाली बाढीमा परेको आशंका छ ।

धरालीमा सञ्चार र विद्युत सेवा पुनः सुचारु भएपछि उद्धार र खोजी कार्य तीव्र गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २७, मंगलवार ०४:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP