मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले ११औँ महाधिवेशन: नयाँ नेतृत्व चयन प्रक्रिया सुरु

1.9K
SHARES
एमाले ११औँ महाधिवेशन: नयाँ नेतृत्व चयन प्रक्रिया सुरु

काठमान्डु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज (सोमबार) उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मका सबै कार्यक्रम सम्पन्न हुनेछन् ।

महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार आज मतदाता नामावलीमाथि दाबी–विरोध, त्यससम्बन्धी छानबिन र निर्णय, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारका दरखास्त फाराम वितरण तथा दर्ता, प्रारम्भिक नामावली प्रकाशन, उजुरी दर्ता र निर्णय, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको कार्यसूची तय गरिएको छ ।

उम्मेदवारको दरखास्त फाराम दर्ता सोमबार बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म हुनेछ । त्यसपछि दिउँसो २ः३० बजे प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ । प्रारम्भिक नामावलीविरुद्ध उजुरी दिने समय २ः३० देखि ३ः०० बजेसम्म तोकिएको छ भने साँझ ६ः०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

निर्वाचन कार्यक्रमअनुसार पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । विद्युतीय मेसिनमार्फत मतदान सम्पन्न भएपछि मतगणना, परिणाम घोषणा, प्रमाणपत्र वितरण तथा शपथ ग्रहणका कार्यक्रम गरिनेछन् ।

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र हाल काठमान्डुको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ । यस महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २९, सोमबार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP