मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सोनम गिर्मी फ्यामिली फाउन्डेसनद्वारा स्टेशनरी सामग्री वितरण

3K
SHARES
सोनम गिर्मी फ्यामिली फाउन्डेसनद्वारा स्टेशनरी सामग्री वितरण

खिजिदेम्बा (ओखलढुंगा) । खिजिदेम्बा गाउँपालिका–५, निभारेस्थित श्री जनज्योति आधारभूत विद्यालयका बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूलाई सोनम गिर्मी फ्यामिली फाउन्डेसनको आयोजनामा स्टेशनरी सामग्री वितरण गरिएको छ ।

कार्यक्रममार्फत विद्यालयका विद्यार्थीहरूलाई कापी, कलमलगायत शैक्षिक सामग्री प्रदान गरिएको थियो । फाउन्डेसनले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको पठन–पाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

यसअघि पनि सोनम गिर्मी फ्यामिली फाउन्डेसनको सहयोगमा विद्यालयमा पाँच कोठे भवन निर्माण गरिएको थियो । निरन्तर रूपमा शिक्षा क्षेत्रमा योगदान गर्दै आएको फाउन्डेसनले आगामी दिनमा समेत यस्तै किसिमको सहयोगलाई निरन्तरता दिने अपेक्षा विद्यालय परिवारले व्यक्त गरेको छ ।

विद्यालय तथा स्थानीय समुदायले सहयोगी संस्था सोनम गिर्मी फ्यामिली फाउन्डेसनसहित जङ्बु शेर्पा, खिलाराम मुलिचा र दुर्गा सुनुवारप्रति हार्दिक आभार तथा विशेष धन्यवाद प्रकट गरेका छन् । उनीहरूको सहयोगले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई अध्ययनका लागि थप प्रेरणा मिलेको विद्यालयको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १३, आईतवार १०:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP