मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भूपरिवेष्ठित राष्ट्रको समृद्धिमा ‘भौगोलिक अवरोध’ प्रमुख चुनौतीः प्रधानमन्त्री ओली

3.2K
SHARES
भूपरिवेष्ठित राष्ट्रको समृद्धिमा ‘भौगोलिक अवरोध’ प्रमुख चुनौतीः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको समृद्धि यात्रामा भौगोलिक अवरोधहरू मुख्य संरचनात्मक चुनौतीका रूपमा रहेको बताएका छन् ।

तुर्कमेनिस्तानको आवाजामा जारी संयुक्त राष्ट्रसंघीय तेस्रो भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको सम्मेलनमा दक्षिण–दक्षिण सहकार्यसम्बन्धी सत्रमा विशेष अतिथिका रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको विश्वव्यापी संकटहरूलाई भौगोलिक अप्ठ्याराले झनै जटिल बनाएको धारणा व्यक्त गरे ।

उनका अनुसार भूराजनीतिक तनाव, खाद्य तथा ऊर्जा असुरक्षा, मुद्रास्फीतिको चाप र सीमित वित्तीय साधनजस्ता समस्याले भूपरिवेष्ठित देशहरूलाई थप दबाबमा पारेका छन् । यस्ता राष्ट्रहरू आन्तरिक स्रोत परिचालन, वैदेशिक लगानी आकर्षण र विकास सहायताका लागि प्रयत्नशील छन् भन्ने कुरासमेत प्रधानमन्त्रीले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रतिकूल असर झेलिरहेका यी देशहरूका लागि रूपान्तरणमुखी, व्यावहारिक र दीर्घकालीन ‘रोडम्याप’ आवश्यक रहेकोमा जोड दिए । उनले दक्षता विकास, ज्ञान साझेदारी र दिगो परिणाम हासिल गर्न दक्षिण–दक्षिण सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

क्षेत्रीय एकीकरणलाई सुदृढ गर्न लचिलो भौतिक र डिजिटल पूर्वाधारमा लगानी गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्रिकोणीय सहकार्यलाई समेत सशक्त पार्नुपर्ने बताए । साथै, व्यापार तथा ट्रान्जिट कोरिडोरको विकास, पूर्वाधार आधुनिकीकरण र सीमापार लगानी तथा व्यापार सहज बनाउन भन्सार प्रक्रिया सुधारमा सहकार्य आवश्यक भएको औँल्याए ।

डिजिटल रूपान्तरणको अपरिहार्यता उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नयाँ युगको विकास अवधारणामा तीव्रता दिनुपर्ने धारणा राख्दै सम्बोधन समाप्त गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २१, बुधबार १०:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP