मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हायू समाजको आपत्तिः “पूर्वाग्राही टिप्पणी समुदायप्रति अपमान”

4K
SHARES
हायू समाजको आपत्तिः “पूर्वाग्राही टिप्पणी समुदायप्रति अपमान”

काठमाडौं । सिन्धुलीकी उर्मिला हायू र उनको परिवारबारे गरिएको आधारहीन टिप्पणीप्रति हायू समाज नेपालले गम्भीर आपत्ति जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै समाजले सम्पर्कविहीन भनिएको परिवार पोखरा महानगरपालिका–३०, गगनगौडामा सकुशल भेटिएको जानकारी दिएको छ । गोलन्जोर गाउँपालिका–६, छेत्पाका उनीहरू केही समयअघि सम्पर्कमा नआएपछि अनेक अडकल र टिप्पणी सार्वजनिक भएका थिए ।

हायू समाज नेपालका अध्यक्ष लक्ष्मण हायूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएको तथ्यहीन प्रचारले न केवल पीडित परिवारलाई हैरान बनायो, पूरै हायू समुदायको गरिमामाथि नै आघात पुर्‍यायो ।”

१६ सदस्यीय उक्त परिवार पोखरामा भेटिएपछि प्रहरीले उनीहरूलाई सोधपुछ गर्दा ‘कामको सिलसिलामा’ आएको परिवारको भनाइ छ ।

हायू समाजले परिवारलाई सामाजिक सुरक्षा भत्तासँग जोडेर गरिएको टिप्पणीलाई ‘पूर्वाग्रही’ भन्दै भर्त्सना गरेको छ । साथै, समाजले संघीय, प्रदेश र स्थानीय सरकारलाई परिवारको पुनर्स्थापना तथा आवश्यक सहयोगमा चासो दिन आग्रह गरेको छ ।

“अनावश्यक हल्ला र भ्रामक टिप्पणीको सट्टा समुदायलाई सहानुभूति र समझदारीपूर्वक बुझ्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १३, मंगलवार १०:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP