मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बालेनसहित पाँच उम्मेदवारलाई आयोगको स्पष्टीकरण

988
SHARES
बालेनसहित पाँच उम्मेदवारलाई आयोगको स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पाँच जना उम्मेदवार तथा दुई वटा सङ्घसंस्थासँग स्पष्टीकरण सोधेको छ ।

आयोगको आचारसंहिता अनुगमन शाखाका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहसहित पाँच उम्मेदवारलाई स्पष्टीकरण सोधिएको हो ।

शाहले सोही क्षेत्रका अर्का उम्मेदवार तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा टिप्पणी गर्दै ‘हत्यारा’ शब्द प्रयोग गरेको आरोप छ ।

यसैगरी रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार निकोसल भुसाललाई ‘जेन–जी आन्दोलन’सँग सम्बन्धित जुत्तालाई चुनाव चिन्हजस्तै गरी प्रचार गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

सुनसरी क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले चुनावी प्रचारका क्रममा बालबालिका प्रयोग गरेको तथा टिसर्ट लगाउन लगाएर आचारसंहिता उल्लङ्घन गरेको आरोप लागेको छ ।

भक्तपुर क्षेत्र नम्बर २ का एमाले उम्मेदवार महेश बस्नेतले रास्वपाका उम्मेदवार बालेन शाहलाई ‘छाउरा’ भन्ने शब्द प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण मागेको छ । सोही क्षेत्रकी उम्मेदवार जानुका पाठक (शोभा पाठक) ले पनि प्रतिस्पर्धी उम्मेदवारविरुद्ध ‘हत्यारा’ र ‘बलात्कारी’ जस्ता घृणाजन्य शब्द प्रयोग गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ ।

उता, स्वास्थ्य स्वयंसेवक सङ्घले आचारसंहिता लागू भइसकेपछि अनुमति नलिई अधिवेशन गरेको विषयमा पनि आयोगले सङ्घसँग स्पष्टीकरण मागेको जनाएको छ । यस्तै शिक्षक सरुवासम्बन्धी एक विषयमा समेत आयोगले स्पष्टीकरण सोधेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १३, मंगलवार ०८:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP