मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मन्त्रिपरिषद्का पाँच मुख्य निर्णय सार्वजनिक

39
SHARES
मन्त्रिपरिषद्का पाँच मुख्य निर्णय सार्वजनिक

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले गरेका पाँचवटा मुख्य निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्ले प्रशासनिक, नीतिगत तथा अन्य समसामयिक विषयमा निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए । बैठकका निर्णयहरू सरकारले आवश्यक प्रक्रियाअनुसार कार्यान्वयन गर्ने जनाएको छ ।

मन्त्रीपरिषद्का पाँच निर्णयः
१. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर मा पूर्ण रूपमा छुट प्रदान गर्ने ।

२. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४ जना (सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादव) लाई शहीद घोषणा गर्ने ।

३. पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने ।

४. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेती (बारा) लाई नियुक्ति गर्ने ।

५. पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २६, मंगलवार ११:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP