मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चार्ज गरेको मोबाइल झिक्ने क्रममा करेन्ट लाग्दा महिलाको मृत्यु

3.2K
SHARES
चार्ज गरेको मोबाइल झिक्ने क्रममा करेन्ट लाग्दा महिलाको मृत्यु

ओखलढुंगा (खिजीदेम्बा) । चार्ज गरेको मोबाइल झिक्ने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । खिजीदेम्बा गाउँपालिका–३ को तनुवामा मंगलबार दिउँसो करिब १ बजे भएको घटनामा ४८ वर्षीया विष्णुमाया सुनुवारको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन् ।

सुनुवार आफ्नै घरमा मोबाइल चार्जरबाट फोन निकाल्ने क्रममा करेन्टले समात्दा चिच्याएको आवाज सुनिएको र परिवारका सदस्य दौडिएर हेर्दा उनी भुइँमा लडेको अवस्थामा पाइएकी थिइन् । तत्काल उद्धार प्रयास गरिएको भए पनि उनको त्यतिबेलासम्म मृत्यु भइसकेको थियो ।

घटना पछि इलाका प्रहरी कार्यालय खिजीफलाटेले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

स्थानीय प्रतिनिधिहरूले गाउँमा विद्युत सुरक्षाबारे चेतना अभाव भएको भन्दै घटनाले ठूलो शिक्षा दिएको बताएका छन् ।

विद्युत सुरक्षाको सामान्य उपाय नअपनाउँदा पनि ज्यान जान सक्ने यस्ता घटनाहरूले गाउँ–घरमा सचेतना बढाउनु आवश्यक देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ २७, मंगलवार ११:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP