मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुदन किरातीद्वारा प्रलोपा परित्याग, राजनीति भने निरन्तर गर्ने प्रतिबद्धता

637
SHARES
सुदन किरातीद्वारा प्रलोपा परित्याग, राजनीति भने निरन्तर गर्ने प्रतिबद्धता

काठमाडौं । पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टी परित्याग गर्ने निर्णय सार्वजनिक गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले अब प्रलोपाको साधारण सदस्य समेत नरहने जानकारी दिएका हुन् ।

करिब पाँच महिनाको राजनीतिक यात्रापछि पार्टी छोड्ने निर्णय लिएको उल्लेख गर्दै किरातीले यस अवधिमा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले आफूलाई मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने साथीहरू तथा कर्मचारीहरूप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

पार्टीसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि व्यक्तिगत सम्बन्ध भने यथावत् रहने विश्वास उनले व्यक्त गरेका छन् । यस अवधिमा प्राप्त अनुभवलाई अमूल्य सम्पत्तिका रूपमा आत्मसात गरेको पनि उनले बताएका छन् ।

प्रलोपा परित्याग गरेपछि पनि राजनीति भने निरन्तर जारी राख्ने किरातीको भनाइ छ । आगामी यात्रा चुनौतीपूर्ण हुन सक्ने स्वीकार्दै उनले देश र जनताको सेवाबाट पछि नहट्ने प्रतिबद्धता जनाएका छन् ।

जनताको विश्वास र सहिदहरूको अधूरो सपना आफ्नो मार्गदर्शक रहेको उल्लेख गर्दै उनले जुनसुकै परिस्थितिमा पनि समाज रूपान्तरणको अभियानमा निरन्तर अघि बढिरहने वाचा गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ९, बुधबार ०६:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP