मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै: सभामुख घोषणा र विभिन्न कार्यसूची तय

1.2K
SHARES
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै: सभामुख घोषणा र विभिन्न कार्यसूची तय

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्ने भएको छ । आजको बैठकमा प्रतिनिधिसभाले नयाँ सभामुखको औपचारिक घोषणा गर्नेछ भने राष्ट्रियसभामा विभिन्न प्रशासनिक तथा प्रतिवेदनसम्बन्धी कामहरू अघि बढाइने छन् ।

प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारस्थित नयाँ संसद् भवनमा सुरु हुनेछ । बैठकमा डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरिएको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । उनी यसअघि नै शुक्रबार निर्विरोध रूपमा सभामुखमा चयन भइसकेका हुन् ।

यसैबीच, राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्ने तय गरिएको छ । बैठकमा विषयगत समितिहरूमा सदस्यहरूको मनोनयन तथा हेरफेर गरिनेछ । साथै, अध्यक्ष र उपाध्यक्ष अनुपस्थित हुँदा बैठक सञ्चालन गर्ने सदस्यहरूको नाम पनि तोकिनेछ ।

संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार, बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम समेत रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २२, आईतवार ००:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP