मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वाग्रहबाट सरकार अघि बढे देश दुर्घटनातर्फ जाने नेकपाको चेतावनी

312
SHARES
पूर्वाग्रहबाट सरकार अघि बढे देश दुर्घटनातर्फ जाने नेकपाको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारले पूर्वाग्रह र प्रतिशोधको आधारमा काम गरे देश फेरि दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएको छ । आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण तथा संसदीय दलको संयुक्त बैठकपछि यस्तो धारणा सार्वजनिक गरिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद महेन्द्रबहादुर शाहीले सरकारलाई विधि, प्रक्रिया र कानुनको सीमाभित्र रहेर काम गर्न आग्रह गरे । उनले भने, “सरकारले आग्रह र पूर्वाग्रहका आधारमा निर्णय गर्नुहुँदैन । यदि प्रतिशोधका आधारमा छानबिन अगाडि बढाइयो भने देश फेरि दुर्घटनातर्फ जान सक्छ ।”

यस्तै, २०४८ सालदेखि राज्यका विभिन्न निकायमा कार्यरत व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने सरकारको निर्णयप्रति नेकपाले सहयोग गर्ने उनले बताए । सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने विषयमा पार्टी स्पष्ट रहेको पनि उनले उल्लेख गरे ।

शाहीका अनुसार पार्टी संयोजक प्रचण्डले विगतदेखि नै प्रधानमन्त्री, सरकारी कर्मचारी तथा राज्यका विभिन्न निकायमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा राख्दै आएका छन् । “जहाँ जहाँ प्रश्न उठेका छन्, त्यहाँ छानबिन हुनुपर्छ भन्ने हाम्रो धारणा हो,” उनले भने, “कानुनसम्मत रूपमा सरकारले अघि बढाएका कदमहरूमा हाम्रो समर्थन रहनेछ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १५, आईतवार ११:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP