मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेन–जी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

806
SHARES
जेन–जी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जेन–जी आन्दोलनका क्रममा भएका दमन र विध्वंसका घटनाबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभाको रिक्त पदमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ । सरकारका प्रवक्ता समेत रहेका अर्यालले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै राष्ट्रपतिबाट मनोनयन हुने एक सदस्यका लागि आफ्नो नाम सिफारिस गरिएको बताए ।

यसैगरी, जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालनका लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममार्फत प्राप्त हुने दुई करोड ४२ लाख ६७ हजार चार सय २७ अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए ।

मध्यपूर्व क्षेत्रमा बढ्दै गएको तनावका कारण प्रभावित नेपाली नागरिकको उद्धार तथा व्यवस्थापनका लागि सम्बन्धित देशस्थित नेपाली दूतावासमार्फत आवश्यक व्यवस्था मिलाउने निर्णयसमेत सरकारले गरेको प्रवक्ता अर्यालले बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १, आईतवार १२:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP