मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले ओखलढुंगाको नेतृत्व नेकपामा समाहित, ३८ नेता–कार्यकर्ताद्वारा सामूहिक पार्टी परित्याग

1.4K
SHARES
एमाले ओखलढुंगाको नेतृत्व नेकपामा समाहित, ३८ नेता–कार्यकर्ताद्वारा सामूहिक पार्टी परित्याग

काठमाडौं । ओखलढुंगामा नेकपा (एमाले) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि जिल्ला नेतृत्वसहित ३८ जना नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शुक्रबार आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

एमाले ओखलढुंगा जिल्ला कमिटीले पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै सामूहिक रूपमा पार्टी परित्याग गर्ने निर्णय गरेको थियो । जिल्ला कमिटी अध्यक्ष ज्ञानबहादुर खड्का (जीबी) को नेतृत्वमा पदाधिकारी र सदस्यहरूले शुक्रबारदेखि लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

उनीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र अहङ्कारी नेतृत्व शैलीका कारण पार्टीभित्र रहन नसकिने अवस्था सिर्जना भएको बताएका छन् । विशेष गरी आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा जिल्ला कमिटीको निर्णय र कार्यकर्ताको भावनालाई बेवास्ता गरिएको आरोप उनीहरूको छ ।

जिल्लाबाट सर्वसम्मत रूपमा सिफारिस गरिएका नामलाई लत्याउँदै केन्द्रले व्यक्तिगत निकटताका आधारमा अस्मिता थापालाई उम्मेदवार बनाएपछि विवाद चर्किएको बताइएको छ । अध्यक्ष खड्काका अनुसार यसले स्थानीय मतदाता र कार्यकर्ताको अपमान हुनुका साथै पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर भएको सन्देश दिएको छ ।

राजीनामा दिनेहरूमा उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजिव कटवाल, प्रदेश कमिटी सदस्यहरू उमेश कार्की, इच्छाकुमारी गुरुङ र सुरेश थापा रहेका छन् । साथै लेखा कमिटी अध्यक्ष मोहन ढकाल, युवा संघका जिल्ला अध्यक्ष सुदिप कार्की, अनेरास्ववियु जिल्ला अध्यक्ष विवेक तामाङ र खेलकुद महासंघ जिल्ला अध्यक्ष राजकुमार राईले पनि पदबाट राजीनामा दिएका छन् ।

नेतृत्वले संवाद र सहमतिभन्दा निषेधको राजनीति अपनाएको, पार्टीलाई सीमित व्यक्तिको घेराभित्र राखिएको र विधि विपरीत समानान्तर गतिविधि सञ्चालन गरिएको उनीहरूको आरोप छ । यस्तो संगठनविरोधी निर्णयको जिम्मेवारी लिन नसक्ने भन्दै सामूहिक राजीनामा दिइएको उनीहरूले स्पष्ट पारेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ९, शुक्रबार १५:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP