मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘जेन–जीको चाहना सम्बोधन गरेर मात्र मुलुक अघि बढ्न सक्छ’: पुन

2.7K
SHARES
‘जेन–जीको चाहना सम्बोधन गरेर मात्र मुलुक अघि बढ्न सक्छ’: पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य वर्षमान पुन ‘अनन्त’ले जेन–जी आन्दोलन मुलुकको वर्तमान यथार्थ भएकाले त्यसका भावनाअनुसार देशले बाटो समात्नुपर्ने धारणा व्यक्त गरेका छन् । तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शनिबार पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनको माग र आफ्नै पार्टीका एजेन्डाबीच साम्य रहेको बताए ।

उनका अनुसार जेन–जी पुस्तालाई गलत रूपमा बुझ्ने प्रवृत्ति त्याग्न आवश्यक छ । उनले भने, “१३ देखि २८ वर्ष उमेरका डिजिटल र भर्चुअल संसारमा हुर्किरहेका यिनीहरू हाम्रै छोराछोरी र नातिनातिना हुन् । उनीहरू सक्षम छन्, सूचनायुक्त छन् र विश्वसँग जोडिएका छन् ।”

पुनले सहरी बस्तीहरूमा परिवारबीचको सम्पर्क कमजोर हुँदा जेन–जी पुस्ताले भर्चुअल माध्यमबाट विश्वभरका व्यक्तिसँग संवाद र व्यापारसम्म गरिरहेको उदाहरण दिए । उनले नेपालमा बसेर विदेशमा रोजगार, व्यवसाय र सहकार्य गरिरहेको पुस्ताको क्षमतालाई स्वीकृति दिनुपर्ने उल्लेख गरे ।

जेन–जी आन्दोलनलाई सम्बोधन नगरी मुलुक अघि बढ्न नसक्ने जिकिर गर्दै उनले आफ्नो पार्टी लोकतन्त्रलाई पारदर्शी र परिस्कृत बनाउन चाहने युवा पुस्तासँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । तर, बलिदानको उपलब्धी मास्ने प्रवृत्तिमाथि कडा चेतावनी पनि दिए । “अतीतमा परिवर्तनका लागि जीवन जोखिममा राखेर लड्यौं, आवश्यक परे फेरि त्यसैगरी उभिन्छौं,” उनले भने ।

पुनले जेन–जी आन्दोलनका मागलाई क्रान्तिकारी शक्तिहरूले उत्पीडित र शोषित वर्गको आकांक्षासँग जोडेर अघि बढाउन चाहेको बताए । उनले आफू र संयोजक प्रचण्ड विभिन्न युवा समूहहरूसँग संवादमै रहेको जानकारी गराए ।

२३ भदौको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाएर विद्यार्थीको हत्या गर्नेहरूलाई कारबाही नगरी, उल्टै आफ्नो दलका नेता–कार्यकर्तामाथि दवाब सिर्जना गरिएको भन्दै पुनले आक्रोश व्यक्त गरे । सरकारभित्रका स्वार्थ समूहहरूबाट जनमत डराउन खोजिएको उनको आरोप थियो ।

“हामी परिवर्तनको पक्षधर दल हौं, एजेन्डासहित निर्वाचनमा जानेछौं । जेन–जीको बलिदान र चाहनालाई जनमतमा रूपान्तरण गर्ने हाम्रो प्रतिबद्धता हो,” उनले भने । पार्टीका नेता–कार्यकर्तालाई लक्षित धम्कीपूर्ण गतिविधि रोक्नु आवश्यक रहेको उनको चेतावनी थियो ।

उनले विगतका बिचौलिया र सत्तासीन शक्तिलाई संरक्षण गर्दै प्रचण्डतर्फ आरोप तेस्र्याने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे । यस्तो गलत अभ्यास रोकिनुपर्ने भन्दै उनले खबरदारी गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १, शनिबार १२:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP