मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सविता बनिन् नेपालको पहिलो महिला महान्यायाधिवक्ता

3.2K
SHARES
सविता बनिन् नेपालको पहिलो महिला महान्यायाधिवक्ता

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल नेपालकी पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, प्रधानमन्त्री कार्कीले भण्डारीको नाम सिफारिस गरेपछि राष्ट्रपतिले औपचारिक रूपमा उनको नियुक्ति गरेका हुन् ।

यसअघि महान्यायाधिवक्ताका रूपमा कार्यरत रमेश बडालले आजै पदबाट राजीनामा दिएका थिए, जसलाई राष्ट्रपतिले स्वीकृत गरेका छन् । बडालको राजीनामासँगै रिक्त रहेको पदमा बरालको नियुक्ति भएको हो ।

यो नियुक्तिसँगै नेपालको न्यायिक इतिहासमा अर्को नयाँ अध्यायको थालनी भएको छ । देशको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले न्याय प्रणालीको उच्चतम सरकारी कानुनी सल्लाहकारको भूमिकामा पनि महिलालाई अगाडि ल्याएर महत्वपूर्ण सन्देश दिएको बताइएको छ ।

महान्यायाधिवक्ताको रूपमा सविता भण्डारी बरालको नियुक्ति महिलाको न्यायिक क्षेत्रमा बढ्दो सहभागिता र नेतृत्व क्षमताको मान्यता पनि मानिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २९, आईतवार १५:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP