मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हारको कारण खोज्न कांग्रेसको निर्देशन, प्रतिवेदन पठाउन मातहत समितिलाई परिपत्र

1.3K
SHARES
हारको कारण खोज्न कांग्रेसको निर्देशन, प्रतिवेदन पठाउन मातहत समितिलाई परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरू पराजित हुनुका कारणहरूको खोजी गर्न मातहतका समितिहरूलाई निर्देशन दिएको छ ।

पार्टीका महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेलले फागुन २९ गते प्रदेश, जिल्ला तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिहरूलाई परिपत्र जारी गर्दै निर्वाचन परिणामबारे विस्तृत समीक्षा गर्न आग्रह गरेका हुन् ।

परिपत्रमा अधिकांश स्थानमा कांग्रेसका उम्मेदवार पराजित भएकाले त्यसका कारण, अनुभव र आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरू समेटेर विस्तृत प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ । उम्मेदवारहरूले पनि आफ्नो तर्फबाट समीक्षा प्रतिवेदन तयार गरी बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

परिपत्रमा भनिएको छ, “फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामबारे समीक्षा गर्दै पराजयका कारण, सिकाइ, सुझाव तथा आगामी रणनीतिसम्बन्धी विषय समेटेर सम्बन्धित प्रदेश, जिल्ला कार्यसमिति तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरूले विस्तृत प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउनु हुनेछ ।”

यस निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ। पार्टीले उम्मेदवारलाई जिताउन तथा समानुपातिक मत बढाउन योगदान पुर्‍याउने सबै कार्यकर्ता र सदस्यप्रति धन्यवाद पनि व्यक्त गरेको छ ।

परिपत्रमा निर्वाचन परिणाम अपेक्षाअनुसार नआएको स्वीकार गर्दै यसलाई पार्टीभित्र गम्भीर आत्मसमीक्षाको विषय भएको उल्लेख गरिएको छ ।

साथै, प्रदेश अनुशासन समिति गठन भएका जिल्लाहरूलाई समितिका संयोजक र सदस्यहरूको नाम तथा सम्पर्क नम्बर केन्द्रीय कार्यालयमा पठाउन पनि निर्देशन दिइएको छ । यदि कतै समिति गठन नभएको भए तत्काल गठन गरी विवरण पठाउन भनिएको छ ।

कांग्रेसले अनुशासन समितिको विवरण र निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदन चैत्र ३ गतेभित्र केन्द्रीय कार्यालयमा बुझाउन आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १, आईतवार ०८:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP