मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मन्त्रिपरिषद्को बैठक: कार्बन व्यापार नियमावली स्वीकृत, आर्थिक मापदण्डदेखि क्षति मूल्याङ्कनसम्म २७ निर्णय

2.3K
SHARES
मन्त्रिपरिषद्को बैठक: कार्बन व्यापार नियमावली स्वीकृत, आर्थिक मापदण्डदेखि क्षति मूल्याङ्कनसम्म २७ निर्णय

काठमान्डु । सरकारले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वातावरण तथा वन व्यवस्थापनसँग सम्बन्धित कानुनी संरचना थप स्पष्ट बनाउन यो नियमावली अनुमोदन गरेको हो ।

त्यसैगरी, बैठकले राष्ट्रिय आर्थिक गणना मापदण्ड, २०८२ पनि स्वीकृत गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

भदौ २३ र २४ मा भएका आन्दोलनका कारण भएको क्षतिको मूल्याङ्कन गर्न गठन गरिएको समितिको कार्यकाल ३० दिन थपिएको पनि सरकारले बताएको छ ।

यसपटक मन्त्रिपरिषद्ले कुल २७ निर्णय गरेको छ, जसमा वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित मात्र ७ वटा निर्णय परेका छन् ।

 

 

 



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १६, मंगलवार १०:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP