मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु

2.1K
SHARES
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन बुधबार राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका १० वटा कम्युनिस्ट घटकबीच पार्टी एकता घोषणा गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनको औपचारिक सुरुवात माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सबै घटकका शीर्ष नेताहरूले संयुक्त रूपमा रिमोट थिचेर गरेका हुन् ।

नेता वर्षमान पुनका अनुसार सम्मेलनमा पार्टीको विधान पारित गर्ने, केन्द्रीय समिति गठन गर्ने र निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेन्डा तय गरिएको छ ।

सम्मेलनमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका नौ वाम घटकका शीर्ष नेताहरू सहभागी छन् । त्यसमध्ये पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि आजको सम्मेलनमा उपस्थित भएका छन् ।

खनाल यसअघि एकता प्रक्रियामा सहभागी नहुने भन्दै छुट्टै अभियानमा लागेका थिए । तर, बुधबार बिहान माओवादी केन्द्रका संयोजक प्रचण्डसँग भएको वार्तापछि उनी एकता प्रक्रियामा सहभागी हुन सहमत भएका हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १९, बुधबार ०८:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP