मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विपद् व्यवस्थापन परिषद्को बैठक बस्दै, राहत र पुनर्निर्माणबारे निर्णय हुने

2.9K
SHARES
विपद् व्यवस्थापन परिषद्को बैठक बस्दै, राहत र पुनर्निर्माणबारे निर्णय हुने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्न लागेको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बिहान ११ः३० बजे उक्त बैठक बस्ने तय भएको हो ।

राष्ट्रिय प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार, बैठकले बाढी र पहिरोबाट पीडितका लागि राहत कार्यलाई प्रभावकारी बनाउने, क्षति पुगेका संरचनाको पुनर्निर्माण तथा अस्थायी र स्थायी आवासको व्यवस्थासम्बन्धी महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

हालैको अविरल वर्षापछि देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण हालसम्म ६० जनाको मृत्यु भइसकेको छ । केही स्थानमा अझै खोज तथा उद्धार कार्य जारी रहेकोले जनधनको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २१, मंगलवार ०२:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP