मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेप्सेमा भारी गिरावट, जेनजी आन्दोलनपछि खुलेको पहिलो कारोबार दिनमै नकारात्मक सर्किट

1.2K
SHARES
नेप्सेमा भारी गिरावट, जेनजी आन्दोलनपछि खुलेको पहिलो कारोबार दिनमै नकारात्मक सर्किट

काठमाडौं । जेनजी आन्दोलनपछि पुनः खुलेको नेप्से परिसूचकमा भारी गिरावट आएको छ । सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारपछिको पहिलो कारोबार दिन नेप्सेमा नकारात्मक सर्किट लाग्दा कारोबार २० मिनेटका लागि स्थगित गरिएको हो ।

प्रि–ओपन सेसनमै बजार कमजोर देखिएको थियो । यस अवधिमा परिसूचक ३४.२७ अंकले घटेर २६३७.९७ विन्दुमा पुगेको थियो । नियमित कारोबार सुरु भएको दुई मिनेटमै भने बजार थप १०७.०४ अंकले झर्दै नकारात्मक सर्किटमा प्रवेश गर्‍यो ।

गत भदौ २३ गते नेप्से ३५.९९ अंकले घटेर २६७२.२५ विन्दुमा बन्द भएको थियो । सात दिनपछि खुलेको बजार अझै कमजोर देखिँदा परिसूचक २५६५.२१ विन्दुमा झरेको छ ।

लगानीकर्तामा राजनीतिक अनिश्चितता र आन्दोलनको प्रभावले मनोबल कमजोर पारेको विश्लेषण गरिएको छ । बजार विश्लेषकहरूले निकट भविष्यमा स्थायित्व नआएसम्म नेप्सेमा उच्च उतारचढाव रहने अनुमान गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २, बिहीबार ०५:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP