मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: केही स्थानमा वर्षा र हिमपातको सम्भावना

273
SHARES
मौसम पूर्वानुमान: केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । यसका कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली भएको छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी र मधेस प्रदेशका साथै देशभरका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ । तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान छ । कोशी प्रदेश लगायत पहाडी र हिमाली क्षेत्रका केही स्थान तथा अन्य भूभागका थोरै स्थानमा चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशसहित हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई भूभागमा भने मौसम मुख्यतः सफा रहने अपेक्षा गरिएको छ ।

यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १७, मंगलवार ००:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP