मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री पदको प्रस्ताव अस्वीकार गरेको थिएँ, अब ३५ वर्षको भविष्य सोचौं : लामिछाने

429
SHARES
प्रधानमन्त्री पदको प्रस्ताव अस्वीकार गरेको थिएँ, अब ३५ वर्षको भविष्य सोचौं : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पनि देशको दीर्घकालीन राजनीतिक परिवर्तनलाई प्राथमिकता दिँदै त्यसलाई अस्वीकार गरेको बताएका छन् । उनले पार्टीका नेता–कार्यकर्तालाई व्यक्तिगत पदभन्दा ठूलो उद्देश्यका लागि आवश्यक पर्दा त्याग गर्न तयार रहन आग्रह गरे ।

आइतबार आयोजित रास्वपाको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै लामिछानेले २१ सिटको दलको नेतृत्व गर्दा प्रधानमन्त्री बन्न आफ्नो हस्ताक्षर मात्र बाँकी रहेको प्रस्ताव आएको खुलासा गरे । उनका अनुसार तत्काल प्रधानमन्त्री बन्न कठिन नभए पनि त्यसले जनताले अपेक्षा गरेको परिवर्तनको आन्दोलन कमजोर हुने भएकाले आफू पछि हटेका थिए ।

उनले भने, “दुई–चार महिनाको प्रधानमन्त्री बन्न सकिन्थ्यो, धेरै भए सिंहदरबारमा एउटा तस्वीर थपिन्थ्यो । तर देशले परिवर्तन र नयाँ पुस्ताको नेतृत्वको अपेक्षा गरिरहेको बेला त्यो बाटो रोजिनँ ।”

लामिछानेले प्रधानमन्त्री पद अस्वीकार गर्नु व्यक्तिगत गौरवको विषय नभई राजनीतिक इतिहासमा त्यागको एउटा निर्णयका रूपमा आफूले लिएको बताए । “हाँसीहाँसी आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हुँ,” उनले भने ।

‘अब विगत होइन, आगामी ३५ वर्षको योजना चाहिन्छ’
सम्बोधनका क्रममा लामिछानेले अन्य दललाई विगत ३५ वर्षको राजनीति देखाएर निरन्तर आलोचना गर्ने प्रवृत्तिबाट बाहिर निस्कन आफ्नै पार्टीका नेताहरूलाई आग्रह गरे । उनले अब देशको आगामी ३५ वर्ष कस्तो बनाउने भन्ने स्पष्ट दृष्टि र योजना प्रस्तुत गर्नुपर्ने बताए ।

“जति गर्नुभयो, धन्यवाद। अबको ३५ वर्षको नेपाल निर्माण गर्ने जिम्मेवारी हाम्रो पुस्ताको हो,” उनले भने ।

उनले नेता–कार्यकर्तालाई राम्रो काम गर्न नसके पनि कम्तीमा गलत काम नगर्ने संस्कार विकास गर्न आग्रह गरे । पहिले दोष लगाउन धेरै पात्रहरू भए पनि अब जिम्मेवारीबाट उम्किने ठाउँ नरहेको उल्लेख गर्दै उनले आफ्नै व्यवहार र कामबाट वैकल्पिक राजनीति प्रमाणित गर्नुपर्नेमा जोड दिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ७, आईतवार १२:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP