मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘फरार कैदीबन्दी तत्काल फर्किनू’ : नक्खु कारागार प्रशासन

1.9K
SHARES
‘फरार कैदीबन्दी तत्काल फर्किनू’ : नक्खु कारागार प्रशासन

काठमाडौं । ललितपुरस्थित नक्खु कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीलाई तत्काल आत्मसमर्पण गरी आधिकारिक सम्पर्कमा आउन आग्रह गरेको छ ।

शुक्रबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “कानुनी प्रक्रिया र विधिको पूर्ण पालना गर्नुपर्ने भएकाले सम्पर्कमा आउनु जरुरी छ । तत्काल नफर्किए भविष्यमा पाउने कानूनी अधिकार, सुविधा तथा सामाजिक पुनःस्थापना प्रक्रियामा असर पर्न सक्नेछ ।”

भदौ २४ गतेको घटनापछि करिब १४ सय कैदीबन्दी बाहिरिएका थिए, जसमा रास्वपा सभापति रवि लामिछाने पनि परेका थिए । लामिछानेले आफू कानुनी प्रक्रिया पूरा गरेरै बाहिरिएको दाबी गरेका छन् ।

यसैबीच, फरारमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व राज्यमन्त्री सञ्जय साह (टकला) सहितका कैदीहरू काभ्रेको मंगलटारबाट पक्राउ परिसकेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २७, शुक्रबार १०:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP