मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले विधान महाधिवेशनः नौ समूहमा प्रतिवेदन छलफल सुरु

2.1K
SHARES
एमाले विधान महाधिवेशनः नौ समूहमा प्रतिवेदन छलफल सुरु

ललितपुर । गोदावरीमा जारी नेकपा (एमाले) विधान महाधिवेशनमा नौ समूह बनाएर प्रतिवेदनमाथि छलफल सुरु गरिएको छ ।

यसअघि १० समूह बनाउने तयारी भए पनि अन्ततः नौ समूहमै छलफल थालिएको हो । पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद् संयोजक अमृत बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नाराका साथ भइरहेको विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ आयोजक सदस्य गरी कुल २ हजार ३४१ जना सहभागी छन् ।

महाधिवेशन आइतबारसम्म सम्पन्न गर्ने तयारी एमालेले गरेको छ ।

तर, यसपटक पार्टीका पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सहभागी हुन अनुमति दिइएन । अध्यक्ष ओलीले उनको सदस्यता नै रद्द गरेपछि भण्डारीपक्षीय नेताहरू रुष्ट बनेका छन् । उनीहरूले फरक मत महाधिवेशनमा पेस गर्ने तयारी पनि गरेका छन् ।

भण्डारीले प्रतिनिधिहरूलाई चिठी बाँडेर आफ्नो धारणा समेत सार्वजनिक गरेकी छिन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २१, शनिबार ०६:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP