मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकारद्वारा साउन महिना ‘डेंगी सचेतना महिना’ घोषणा

3.5K
SHARES
सरकारद्वारा साउन महिना ‘डेंगी सचेतना महिना’ घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी रोगको जोखिम न्यूनीकरणका लागि साउन महिनालाई ‘डेंगी सचेतना महिना’को रूपमा मनाउने घोषणा गरेको छ । बुधबार बिहान आयोजित एक कार्यक्रममा मन्त्रालयले डेंगीबारे जनस्तरमा जानकारी फैलाउन यो निर्णय सार्वजनिक गरेको हो ।

मन्त्रालयले यो वर्ष देशभर ६० हजारभन्दा बढी व्यक्तिमा डेंगी संक्रमण देखिन सक्ने अनुमानसमेत गरेको छ । मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनस्वास्थ्यको दृष्टिले उच्च जोखिमको रूपमा चिनिँदै आएको डेंगी नियन्त्रण तथा सचेतना अभियानको नेतृत्व गर्नेछ ।

सामान्यतया साउनदेखि कात्तिक महिनासम्म डेंगी संक्रमणको दर उच्च रहने भएकाले साउनको प्रारम्भदेखि नै सावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

स्वास्थ्य मन्त्रालयले देशभरका स्थानीय तहहरू, स्वास्थ्य संस्थाहरू र समुदाय स्तरका अभियानहरू मार्फत डेंगी नियन्त्रणका लागि संयुक्त रूपमा काम गरिने जनाएको छ ।

डेंगी रोकथामका लागि सरसफाइ, लामखुट्टेको उत्पत्ति रोक्ने वातावरण निर्माण, जनशिक्षा तथा जोखिममा रहेका क्षेत्रहरूमा विशेष सतर्कता अपनाउने रणनीति लिइने मन्त्रालयले जानकारी दिएको छ ।

साथै, आम नागरिकलाई आवश्यक सावधानी अपनाउन, स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र समुदायमा जानकारी फैलाउन मन्त्रालयले आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ३२, बुधबार ०५:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP