मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री ओली आज संसदलाई सम्बोधन गर्दै, विदेश भ्रमणबारे जानकारी दिने

2.6K
SHARES
प्रधानमन्त्री ओली आज संसदलाई सम्बोधन गर्दै, विदेश भ्रमणबारे जानकारी दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने तयारी गरेका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, प्रधानमन्त्री ओलीले दिउँसो १ बजे संसदलाई आफ्नो हालै सम्पन्न स्पेन भ्रमण लगायत समसामयिक विषयमा जानकारी गराउने छन् । उनका अनुसार, प्रधानमन्त्रीको सम्बोधन विशेषगरी कूटनीतिक उपलब्धि, आर्थिक सहकार्यका सम्भावना र नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको दृष्टिकोणबारे केन्द्रित हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ओली शुक्रबारर मात्रै छ दिन लामो स्पेन भ्रमणपछि स्वदेश फर्किएका थिए । उनी युरोपेली संघसँगको सम्बन्ध सुदृढ पार्न, प्रविधि तथा पर्यटन क्षेत्रको सम्भाव्यता अध्ययन गर्न र स्पेनको राजधानी म्याड्रिडमा आयोजना भएको एक बहुपक्षीय सम्मेलनमा भाग लिन गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विदेश भ्रमणपछिको पहिलो संसद सम्बोधनमा उनले नेपालको परराष्ट्र नीति, क्षेत्रीय विकासका प्राथमिकता र सरकारले लिएको आन्तरिक र बाह्य रणनीतिको समन्वयबारे समेत चर्चा गर्ने सम्भावना छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २३, सोमबार ०४:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP