मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खुले केही राजमार्ग, मुख्य सडकहरू अझै अवरुद्ध

559
SHARES
खुले केही राजमार्ग, मुख्य सडकहरू अझै अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न स्थानका सडकहरूमा आंशिक रूपमा यातायात पुनः सञ्चालनमा आएको छ । यद्यपि, केही प्रमुख राजमार्गहरू अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्, जसका कारण यात्रुहरू प्रभावित भएका छन् ।

प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ क्षेत्रको भित्री सडक, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग तथा मकवानपुरको भिमफेदी गाउँपालिका–८ भर्याङडाँडाको सडकखण्डमा पहिरो हटाइएपछि यातायात सञ्चालनमा ल्याइएको छ ।

त्यसैगरी भोजपुर नगरपालिका अन्तर्गत पर्ने मध्यपहाडी लोकमार्ग र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् । सडक पूर्ण रूपमा खुल्न नसक्दा सवारी आवागमन अझै पनि जोखिमपूर्ण बनेको छ ।

अर्कोतर्फ इलामको रोङ गाउँपालिका–६ हुँदै झापा जोड्ने कच्ची सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका क्षेत्रको बीपी राजमार्ग खण्ड तथा लमजुङको बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग अझै पूर्ण रूपमा अवरुद्ध रहेका छन् । ती स्थानहरूमा पहिरो हटाउने काम जारी रहेको जनाइएको छ ।

विशेषगरी काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडकखण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ, जसले गर्दा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

सुरक्षाका दृष्टिले प्रहरीले वर्षायाममा यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । बाढी र पहिरोको जोखिम उच्च रहने भएकाले आवश्यक परेमा यात्रा स्थगित गर्न, स्थानीय प्रशासनको सूचना पालना गर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न सुझाव दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २३, बुधबार ०१:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP