मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रसुवागढी बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक

2.5K
SHARES
रसुवागढी बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक

रसुवा । रसुवाको रसुवागढी क्षेत्रमा मंगलबार बिहान आएको भीषण बाढीमा परी हराएका १८ जनाको पहिचान खुलेको छ । बिहान करिब ३ बजे गोसाइकुण्ड गाउँपालिका–२ मा बाढी पसेपछि उनीहरू सम्पर्कविहीन भएका हुन् ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार, बेपत्तामध्ये तीन जना नेपाल प्रहरीका सुरक्षाकर्मी छन् । ती तीनै जना इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए ।
बेपत्ता प्रहरीहरूमा निम्न व्यक्तिहरू छन्ः

— प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ

— प्रहरी जवान मुन्ना ठाकुर

— प्रहरी जवान लोकेन्द्र बोहोरा

बाढीले पुरिएका व्यक्तिहरूमा ६ जना चिनियाँ नागरिक पनि परेका छन् । उनीहरूको नाम यसप्रकार छः

— यु युइ

— ली हुवाछिन

— याङ चुआन

— यु हाइ हाङ

— यु छिआओ छुइ

— जोउ योङ

त्यस्तै, गाडी चालकसहित अन्य नौ जना नेपाली नागरिक पनि हराइरहेका छन् । तीमध्ये तीन जना सवारी चालक भएको खुलेको छ । नेपाली बेपत्ता नागरिकहरूमध्ये नाम सार्वजनिक भएकाहरूः

— जिपन चौधरी (बर्दिया)

— सन्तोष दइत (बर्दिया)

— बुद्धिराम थारू (बर्दिया)

— लक्ष्मीनारायण थारू (बर्दिया)

— सुरेश थारू (बर्दिया)

— नरेन्द्र विक (बागलुङ)

— फुर्वा लामा (सिन्धुपाल्चोक)

— गोविन्द मोक्तान (सिन्धुपाल्चोक)

— लोकमान तामाङ (सिन्धुपाल्चोक)

लामा, मोक्तान र तामाङ सवारी चालक रहेको पुष्टि भएको छ ।

बाढीको प्रभावका कारण उद्धार कार्यमा कठिनाइ भए पनि सुरक्षाकर्मीहरू खोजीमा खटिएका छन् । स्थानीय प्रशासन र नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको संयुक्त टोली बेपत्ताहरूको खोजी कार्यमा सक्रिय छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २४, मंगलवार ०७:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP