मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एसईई अब प्रदेशको जिम्मामा, शिक्षा समितिबाट नयाँ प्रस्ताव अनुमोदन

1.5K
SHARES
एसईई अब प्रदेशको जिम्मामा, शिक्षा समितिबाट नयाँ प्रस्ताव अनुमोदन

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) अब प्रदेश तहबाट सञ्चालन गरिने भएको छ । संसद्को शिक्षा समितिले यससम्बन्धी प्रस्ताव पारित गरेसँगै विद्यालय शिक्षा विधेयकअन्तर्गत एसईईको व्यवस्थामा महत्वपूर्ण मोड आएको हो ।

शिक्षा उपसमितिले विधेयकको छलफलका क्रममा एसईई परीक्षा हटाउने सुझावसहित प्रतिवेदन पेश गरेको थियो । तर, शिक्षा मन्त्रालयले उक्त सुझावको प्रतिवाद गर्दै परीक्षा यथावत राख्नुपर्ने धारणा राखेको थियो । मन्त्रालयको विरोधपछि समिति सदस्यहरूले व्यापक छलफल गरे र अन्ततः प्रदेश तहबाट सञ्चालन गर्ने तरिकालाई स्वीकृति दिने निष्कर्षमा पुगे ।

समिति सभापति अम्मरबहादुर थापाले प्रदेशले परीक्षा सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जसमा अधिकांश सदस्यले समर्थन जनाए । प्रस्तावअनुसार एसईईको सञ्चालन प्रदेश सरकारमार्फत भए पनि राष्ट्रिय परीक्षा बोर्डसँग आवश्यक समन्वय अनिवार्य हुनेछ ।

यसैगरी, प्रस्तावमा प्रदेश कानुनले स्पष्ट व्यवस्था गरेबमोजिम परीक्षा सञ्चालन हुने र त्यस्तो कानुन निर्माण नभएसम्म संघीय कानुनलाई मार्गदर्शनका रूपमा लिइने उल्लेख गरिएको छ ।

शिक्षामन्त्री रघुजी पन्तले एसईईलाई प्रदेशको जिम्मामा दिनु संविधानअनुकूल भएको बताउँदै यसले शिक्षाको गुणस्तर सुधारमा टेवा पुग्ने धारणा व्यक्त गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १४, शनिबार १०:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP