मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनयुद्धलाई प्रतिबन्ध लगाइएको सुन्दा दुःख लाग्यो: जनार्दन शर्मा

2.5K
SHARES
जनयुद्धलाई प्रतिबन्ध लगाइएको सुन्दा दुःख लाग्यो: जनार्दन शर्मा

काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न आदेश दिएपछि माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले प्रतिबन्धलाई लोकतन्त्रको मजाक भनेका छन् र जनयुद्ध शब्दलाई समेत त्यसै अनुरूप हेर्न खोजिएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै शर्माले भनेका छन्, ‘तिमी प्रतिबन्धित भएछौ, यो सुन्दा म स्तब्ध भएँ। समाजमा न्यायका लागि तिमीले प्रतिनिधित्व गरेको आवाजलाई दबाउन खोजिएको हो। यो प्रतिबन्धले हाम्रो आत्मविश्वासको कमीलाई उजागर गरेको छ।’

उनले प्रतिबन्ध लगाउने प्रयासलाई समय, प्रविधि र युवाहरूको आकांक्षाको अगाडि कमजोर भनेका छन्। शर्माले लेखेका छन्, ‘तिमी पुरानो सोच होइन, युगको माग, युवाको जोश र प्रविधिको नयाँ वेभ बनेर आउनेछौ। पुरानो नालमा बाँधिने तिमी होइन, तिमी सधैं अगाडि बढ्ने छौ।’

शर्माले नयाँ पुस्ताको चाहनालाई ध्यानमा राख्दै आफ्नो विचारलाई थप सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरे। ‘देशका बाँकी अभिभाराहरू पूरा गर्ने दृढ संकल्पसहित तिमी फेरि जन्मनेछौ। लोकतन्त्रमा प्रतिबन्धको यो प्रहसनले तिम्रो सारलाई कहिल्यै मेट्न सक्दैन। जनयुद्धलाई इतिहासमा निषेध गरेर विचारलाई रोकिने छैन।’

उनले निषेधलाई लोकतन्त्रको उपहास भन्दै, विचार र आवाजलाई दबाउन खोज्नु असफल हुने बताए। ‘नयाँ युगको आविष्कारहरूसँग तिमी एआईजस्तै सशक्त भएर फर्कनेछौ,’ उनको धारणा थियो।

 

 
 



अगुल्टो अगुल्टो   
  • २०८१ पुष ५, शुक्रबार ०७:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP